सहयोगका प्राथमिकता नागरिक मैत्री बनाउन विकास साझेदारलाई मुख्यमन्त्री कँडेलको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदार संस्थालाई सहयोगका प्राथमिकता निर्धारण गर्दा नागरिकमैत्री बनाउन सुझाव दिएका छन् ।
संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवासिय प्रतिनिधि योको योकोसुदासँग बुधबार आफ्नै कार्यकक्षमा छलफल गर्दे कँडेलले दातृ निकायहरूबाट ठुलो मात्रामा सहयोगहरू भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको बताए । त्यसैले सहयोगका प्राथमिकतालाई नागरिक मैत्री बनाउनुपर्ने उनको सुझाव थियो ।
‘कर्णालीमा तपाईँहरूले ठुलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ,’ उनले भने, ‘हाम्रो चासो तपाईँहरूले गरेको सहयोगलाई नागरिकले बढीभन्दा बढी अपनत्व गरुन् भन्ने हुन्छ ।’
कतिपय विकास साझेदार संस्थाले तल्लो तहको आधारभूत आवश्यकता भन्दा केन्द्रमा बसेर कार्यक्रमहरूको तोक्ने गरेको कँडेलले बताए । साथै उनले आवासीय प्रतिनिधि योकोसुदालाई जनप्रतिनिधि निकायसँग समन्वय गरेर कार्यक्रमका प्राथमिकता तोक्न सुझाव समेत दिए ।
मुख्यमन्त्री कँडेलले अशिक्षा र चेतनाको अभावको कारण विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको जोड भएपनि अव अधिकारमुखी कार्यक्रमलाई भन्दा पूर्वाधार विकासमा सहयोग बढाउन आग्रह गरे ।
विकास सूचकाङ्कमा कर्णालीका धेरै जसो क्षेत्र नकारात्मक रहेको चर्चा गर्दे कँडेलले भने, ‘धेरै कार्यक्रमभन्दा बरु थोरै क्षेत्रमा हात हाल्ने तर परिणाम निस्कने गरी काम गर्नुहोस् ।’
विकास साझेदार संस्थाका कार्यक्रमहरू जताततै देखिने तर अपवाद बाहेक जनताले प्रशंसा गरेको कतै नसुनिएको कँडेलले बताए ।
तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरूले कार्यक्रम छनौट गर्दा संघीय सरकारसँग मात्र समन्वय गर्दा कार्यक्रमहरूमा दोहोरोपना देखिएको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै