प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का
बिहीबार, २० मङ्सिर २०८१, ०३ : ५३

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का लागेको छ । न्युक्यासल युनाइटेडले घरेलु मैदानमा लिभरपुललाई कडा टक्कर दिएको हो । यी दुईले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले लिभरपुलको अंक दुरी बढाउने योजनामा धक्का लागेको छ ।
लिभरपुललाई जितउन्मुख गर्न मोहम्मद सालाहले निकै प्रयास गरे । उनले दुई गोलको योगदान गरे । यद्यपि, बराबरी गर्नबाहेक अन्य जुक्ति चलेन । सुरुवातमा भने घरेलु टोलीविरुद्ध कर्टिस जोन्सले गोल फर्काएका थिए ।
लिभरपुल शीर्ष स्थानमै भए पनि दोस्रो स्थानको चेल्सीसँग अंकदुरी घटेको छ । यद्यपि, चेल्सीसँग अहिले पनि ७ अंकको फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कपीराइट उल्लंघन सामान्य अपराध होइन’
-
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
-
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति