माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
बिहीबार, २० मङ्सिर २०८१, ०७ : १०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन
-
गीतसंगीतमा कपीराइट उल्लंघन भयावह
-
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
‘हाम्रो देशमा कपीराइट भनेकै बुझेनन्’
-
फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’