फ्रान्समा बर्नियेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित
बिहीबार, २० मङ्सिर २०८१, ०८ : ५०

पेरिस । फ्रान्समा प्रधानमन्त्री मिशेल बर्निये नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । उनी विरुद्ध संसदमा भारी बहुमत आएको थियो ।
फ्रान्समा अविश्वासको प्रस्तावबाट कसैको सरकार ढलेको यो सन् १९६२ यता पहिलो पटक हो । सोमबार उनी विरुद्ध दक्षिणपन्थी र वामपन्थी दलहरू मिलेर अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
प्रधानमन्त्रीले मतदान नै नगरी बजेट पारित गर्न विशेष शक्ति प्रयोग गरेपछि उनीविरुद्ध सो प्रस्ताव पेस भएको थियो । बर्निये तीन महिना अघि मात्रै प्रधानमन्त्री थिए । उनले आजै राजीनामा दिन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारको ‘स्क्याम सेन्टर’ बाट सयौँ विदेशीलाई गरियो रिहा
-
सुख्खा हिउँद : न हिमपात, न वर्षा
-
अध्यादेश अस्वीकार गर्ने लोसपाको निर्णयप्रति कांग्रेस एमाले असन्तुष्ट
-
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित