माटोको परीक्षण अनिवार्य गराउनु पर्नेमा जोड

काठमाडौँ । माटोको स्वस्थ मानव स्वस्थ्यसँग जोडिएकाले माटो परीक्षण अनिवार्य गराउनु पर्नेमा जोड दिइएको छ । ललितपुर स्थित कृषि विभागमा आयोजित ११ औ विश्व माटो दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विज्ञहरूले माटोको स्वास्थ्य मानव स्वस्थसँग जोडिएकाले माटो परीक्षण अनिवार्य गराउनु पर्नेमा जोड दिएका हुन् ।
बिहीबार स्वास्थ्य माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि बिहीबार विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो ।
हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो रहेको जनाइएको छ ।
नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने सरोकारवालाले जनाएका छन् ।नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’