शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

बिहीबार, २० मङ्सिर २०८१, १० : २४
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । देशभर बिहीबार २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइँदै  छ ।  'विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता' भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको हो । 

महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने उद्देश्यले वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो। 

महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका  कार्य गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप