बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

इतिहासकार राणाको निधन

बिहीबार, २० मङ्सिर २०८१, १३ : २२
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका  क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), 
श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।

राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप