७ करोड पर्ने महँगो लक्जरी गाडी नेपालमा ल्याएको एक सातामै बिक्यो
बिहीबार, २० मङ्सिर २०८१, १६ : ५६
काठमाडौँ । ७ करोड पर्ने देशकै सबैभन्दा महँगो दाबी गरिएको लक्जरी गाडी BMW X7 xDrive 40i नेपालमा ल्याइएको एक हप्ताभित्र बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एक मात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यसबारे जानकारी दिएको हो ।
कम्पनीका अनुसार, यो मोडल कार्तिक २९ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीको भनाइ छ ।
यस बिक्रीले नेपाली उपभोक्ताबिच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी