तपाई कहिले मर्नु हुन्छ ? यो एपले गरिदिनेछ भविष्यवाणी
काठमाडौँ । एक न एक दिन त हामी सबै मर्छौ । अजम्बरी त यहाँ कोही पनि छैन । आफू कहिले मर्दैछु भन्ने थाहा पाउनु राम्रो होला कि नहोला ? धेरैले यसको उत्तर ‘राम्रो हुन्न’ भनेर दिनु होला । तर आफ्नो मृत्यु कहिले हुन्छ भन्नेबारे निकै उत्सुक भएकाहरूका लागि भने डेथ क्लक अर्थात् मृत्यु बताउने घडी पनि छ । यो एउटा कृत्रिम बौद्धिकता (एआई)मा आधारित एप हो । व्यक्तिले गर्ने भोजन, व्यायामको स्तर र निदाउने बानी जस्ता कारकका आधारमा यसले उक्त व्यक्तिको औसत आयुको सही भविष्यवाणी गर्दछ ।
यो एप जुलाईमा लञ्च भएको हो । एआईमा आधारित यो एपले औसत आयुबारे भएका १ हजार २०० भन्दा धेरै अध्ययन र ५ करोड ३० लाख सहभागीको डेटाबेस प्रयोग गरेर कुनै पनि प्रयोगकर्ताको मृत्यु ठ्याक्कै कहिले हुन्छ भनेर बताउँछ । धेरैलाई यो नराम्रो लाग्न सक्छ । तर वित्तीय योजना बनाउनेहरूले भने यस घडीमा निकै ध्यान दिइरहेका छन् । यसले मान्छेलाई सेवा निवृत्तिका लागि आफ्नो वित्तको थप सावधानीपूर्व योजना बनाउन प्रेरित गर्न सक्ने भएकोले पनि यसलाई धेरै महत्त्व दिइएको हो । डेथ क्लक जस्तो एपले वित्तको व्यवस्थापन बारे सुसूचित निर्णय गर्न मानिसहरूलाई सघाउने वित्तीय योजनाकार र्यान जाब्रोस्कीले फोब्र्सलाई भनेका छन् ।
यो एपका प्रयोगकर्ताहरूले उमेर, लिंग र जानजाती जस्ता कुराहरूको साथै परिवारको इतिहास, मानसिक स्वास्थ्य र दीर्घ रोगबारे विस्तृत प्रश्नको उत्तर दिनुपर्छ । व्यायाम, अभ्यासको बानी, तनावको स्तर र निद्राको आवृत्तिले पनि मृत्युको सटिक प्रक्षेपणमा सहयोगी भूमिका खेल्छ । जुलाईमा लञ्च भएयता विश्वभर १ लाख २५ हजारभन्दा बढी पटक यो एप डाउनलोड भएको छ । तपाईँले पनि यो एप डाउनलोड गर्नु भएको छ कि ? तपाईंको मृत्युबारे यसले के बताएको छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्फाद्वारा अन्तिम टोलीको घोषणा
-
भारत र पाकिस्तानबिच गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु
-
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई अत्यधिक मतले अगाडि
-
महान् १० वर्षे जनयुद्धका उपलब्धि
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !