भुटानी राजा जिग्मेले नेपालका दुई ठाउँको दर्शन गर्ने

काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका छन् । चार–पाँच घण्टाको सो ट्रान्जिट गर्ने अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ ।
प्रहरी स्रोतका अनुसार बिहान ९.५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।
उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा अोली बिहीबार चीन भ्रमणबाट स्वदेश फर्किएका छन् ।
चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवाद भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा रहेको बताइएको छ ।
भुटानी राजा जिग्मे आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने भएका छन् ।
यसअघि नै भुटानका प्रधानमन्त्री तशेरिङ तोबगे भारतको भ्रमण गरेका थिए । उनीभन्दा पहिले भारतमा रहेका चिनियाँ राजदूत सु फेइहोङले पनि भुटानको भ्रमण गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गत असोजमा भुटानको भ्रमण गरेका थिए । भ्रमणको क्रममा भुटानले ज्ञानेन्द्रलाई राजकीय सम्मान दिएको थियो । उनको भुटान भ्रमणको बारेमा विभिन्न टिप्पणी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी