कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । कुन्तीदेवी फाउन्डेसनकाे लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित लैंगिक हिंसा न्यूनिकरणको लागि ‘हामी सबैको भूमिका’ विषयक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा कुन्तीदेवी पोखरेलले लैंगिक हिंसाको बारेमा लैंगिक हिंसा भनेको के हो, महिलाहरू समाजको हरेक क्षेत्रमा आफैँ आउनुपर्न महिलाहरू समाजमा आफैँ बलियो भएमा समाजमा महिलाहरू पुरुषबाट हेपिनु नपर्ने बताएर, सरकारले राजनीतिमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको तर २५ सदस्यीय मन्त्रीमण्डलमा ३ जना महिलाको मात्र सहभागिता हुनु नेपाली समाजको लज्जास्पद अवस्था रहेको बताइन् । पितृसत्तात्मकता समाजमा महिलाहरू राज्यको मूलधारमा सानो सानो पदमा मात्र सीमित हुनुपरेको समेत उनले बताए ।
महिलाले समाजमा घरायसी रूपमा व्र्होनुपर्ने हिंसा तथा समाजमा महिलाले सामाजिक रूपमा भोग्नुपर्ने हिंसा र महिलाहरूले समाजमा सबैभन्दा बढी असुरक्षित आफ्नो घर तथा घरपरिवारको इष्टमित्रबाट हुने नायव उपरीक्षक पूर्णिमा चन्दले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित फेरि फ्लप तर भारतको जित
-
ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी, के–के छन् उद्योगीका माग ?
-
सुपर माछाखोलामा लगानी गर्न राष्ट्रिय वाणिज्य बैंक तयार, ६७ करोड ऋणका लागि फाइनान्सियल क्लोजर
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो