ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न

बारा । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेका छौँ । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए ।
सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरू भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण सुरू भएको हो ।
जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब छ । जसमा ७० करोड बराबरको काम सम्पन्न भइसकेको र ३० करोड काम बाँकी छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुनेबित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरून्तै सुरू गर्ने मन्त्री खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, ३८ तस्बिरमा हेर्नुहोस्