फिफा क्लब विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको समूहगत चरणमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब युभेन्ट्सको सामना गर्नेछ ।
म्यानचेस्टर सिटी प्रतियोगिताको साबिक विजेता पनि हो । अर्को इङ्लिस क्लब चेल्सीले भने समूहगत चरणको खेलमा ब्राजिलियन प्रतिद्वन्द्वी फ्लेमिङ्गोको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले ब्राजिलियन क्लब फ्लुमिनेसलाई हराएको थियो ।
म्यानचेस्टर सिटीले क्लब विश्वकपमा जितेको त्यो पहिलो उपाधि थियो । यसपटक प्रतियोगितामा सहभागी ३२ क्लबलाई आठवटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा ब्राजिलको पाल्मेइरस, पोर्चुगलको एफसी पोर्टो, इजिप्टको अल आहली र अमेरिकाको इन्टर मियामी परेका छन् ।
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी पनि इन्टर मियामीबाट ब्यवसायिक फुटबल खेल्छन् । प्रतियोगिताको समूह ‘बी’ मा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी), स्पेनको एट्लेटिको म्याड्रिड, ब्राजिलको बोटाफोगो र अमेरिकाको सियाटल साउन्डर्स परेका छन् ।
यसैगरी, समूह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख, न्युजिल्यान्डको अकल्यान्ड सिटी, अर्जेन्टिनाको बोका जुनियर्स र पोर्चुगलको बेनफिका रहेका छन् । समूह ‘डी’ मा ब्राजिलको फ्लेमिङ्गो, ट्युनिसियाको एस्परेन्स डे टुनिस, इङ्ल्यान्डको चेल्सी र मेक्सिकोको लियोन परेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ई’ मा अर्जेन्टिनाको रिभर प्लेट, जापानको उरावा रेड डायमन्ड्स, मेक्सिकाको मोन्टेरी र इटालीको इन्टर मिलान परेका छन् । समूह ‘एफ’ मा भने ब्राजिलको फ्लुमिनेस, जर्मनीको बोरुसिया डर्टमन्ड, दक्षिण कोरियाको उल्सान एचडी र दक्षिण अफ्रिकाको मामेलोडी सुन्डोवन्स रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘जी’ मा इङ्ल्यान्डको म्यानचेस्टर सिटी, मोरक्कोको विडाड एसी, यूएईको अल आइन र इटालीको युभेन्ट्स रहेका छन् । समूह ‘एच’ मा भने स्पेनको रियल म्याड्रिड, यूएईको अल हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको रेड बुल साल्जबर्ग परेका छन् ।
फिफा क्लब विश्वकपको आगामी संस्करण सन् २०२५ को जुन १५ देखि जुलाई १३ तारिखसम्म अमेरिकामा आयोजना हुँदैछ । यसपटक टोलीको सङ्ख्या थप गरेर ३२ पुर्याइएको हो । फिफा क्लब विश्वकपको यो २१औँ संस्करण हो ।
रियल म्याड्रिडले हालसम्म पाँचपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक सन् २०२२ मा उपाधि चुमेको थियो । अर्को स्पेनिस क्लब बार्सिलोनाले तीनपटक उपाधि हात पारेको छ ।
ब्राजिलियन क्लब कोरिनथियन्स र जर्मन क्लब बायर्न म्युनिखले पनि दुई–दुईपटक उपाधि जितेका छन् । यसका अतिरिक्त इङ्ल्यान्डको लिरभपुल र चेल्सी, ब्राजिलको साओ पाउलो र इन्टरनेशियोनल, इटालीको एसी मिलान, इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, इटालीको इन्टर मिलान र इङ्ल्यान्डको म्यानचेस्टर सिटीले एक–एक पटक उपाधि हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने
-
नागरिकको माग अनुसार विकासका आयोजनाहरू परिचालन हुनुपर्छ : सिंह
-
जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव
-
अध्यादेशबारे सत्तारुढ दलले सुरु गरे विपक्षीसँग छलफल
-
लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ
-
‘मायाबी’को ट्रेलर सार्वजनिक : पल र दीपिकाको प्रेममा उतारचढावको कथा