रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री भट्टराई
शुक्रबार, २१ मङ्सिर २०८१, १० : १३

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।
रास्वपा नेता दीपक बोहराले दिएको जानकारी अनुसार आज बिहान डा भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार