वैद्यको पार्टीमा दुई अङ्कको केन्द्रीय समिति बनाउन अधिकांशको सुझाव
_p4DAMykFkl.jpg)
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अङ्कको केन्द्रीय समिति बनाउन अधिकांशले सुझाव दिएका छन् । मङ्सिर १४ गतेदेखि कीर्तिपुरमा जारी बन्द सत्रको समूहगत छलफलमा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएका हुन् ।
केहीले १३१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको महाधिवेशन आयोजक समिति सदस्य नारायण पङ्गेनीले जानकारी दिए । उनका अनुसार बिहीबार समूहगत छलफलको निष्कर्ष सुनाउने काम नसकिएकाले शुक्रवार बाँकी टोली नेताले निष्कर्ष सुनाएपछि संयोजक मोहन वैद्यले आएका सुझावको संश्लेषण गर्ने कार्यसूची रहेको छ ।
पङ्गेनीले निर्वाचन प्रक्रियामा कुनै फेरबदल नभएको बताए । महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने पुरानै प्रक्रिया अनुसार नै नयाँ कार्यसमिति आउने जनले जानकारी दिए । बन्द सत्रमा संयोजक वैद्यको मूल दस्ताबेजसहित १५ वटा प्रस्तावमा २० वटा समूहमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’