नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिगको ११औँ अर्धशतक पोखरा एभेन्जर्सका गौसको नाममा
शुक्रबार, २१ मङ्सिर २०८१, १५ : १९

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका आन्द्रेस गौसले अर्धशतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
अर्धशतक पुरा गर्ने क्रममा गौसले २० बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए । उनले ५२ रन बनाउँदै अविजित छन् । जारी एनपीएलमा बनेको यो ११औँ अर्धशतक हो । हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका छन् ।
यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईको प्रयोग आतंकवादीले गर्नेमा चिन्तित छन् गुगगका पूर्वसीईओ
-
शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : मन्त्री पाण्डे
-
कपिलको शोमा सबै कुरा स्क्रिप्टेड हुन्छ : सुमोना चक्रवर्ती
-
तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने
-
नयाँ राष्ट्रिय एकीकरणको समाजवादी कार्यक्रम
-
जनयुद्ध दिवस र पक्ष-विपक्ष