कतारबाट फर्किएका जगदिश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका एक युवकलाई प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
कतारबाट फर्किएका सप्तरी, बोदेबरसाइन नगरपालिका–६ का २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश यादवलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।
नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो । यादवले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत चिनजान भइ निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाइ चरित्र हत्या गरी दुःख दिएको भन्दै पीडितको जाहेरीका आधारमा कारबाही अघि बढाइएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालका अनुसार शनिबार सार्वजनिक बिदा परेकाले यादवलाई आइतबारमात्र अदालतमा उपस्थित गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्