ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित, अरू को को ?
काठमाडौँ । नेपाल स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमल्सिनालाई हराएका हुन् । ढकालले ४५ मत पाउँदा तिमल्सिनाले ४३ मत पाएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
एसोसिएसनको उपाध्यक्षमा निकेश कुमार अग्रवाल ५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले ३४ मत पाएका छन् । त्यस्तै, महासचिवमा भक्तिराम घिमिरे ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द शर्मा गैरेले ३८ मत प्राप्त गरे ।
सचिवमा विनय रेग्मीले ५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण गिरीले ३५ मत ल्याएका छन् । कोषाध्यक्षमा मदन पौडेल ४६ मतसहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिश अर्याल ४२ मत प्राप्त गरे ।
सदस्यहरूमा चारजनामध्ये जेलिना कँडेल ६८ मत, विशाल कुमार अग्रवाल ६४, जयन्त श्रीवास्तव ५५ प्रियान्सु अग्रवालको ४८ मतसहित विजयी भएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प
-
सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)
-
९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल
-
मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?