शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

रणवीर कपुरको ‘रामायण’मा लक्ष्मण बन्दै रवि दुबे

शुक्रबार, २१ मङ्सिर २०८१, १८ : ५०
शुक्रबार, २१ मङ्सिर २०८१

नयाँ दिल्ली । भारतीय टिभी अभिनेता रवि दुबे रणवीर कपुरको रामायणमा देखिँदैछन् । नितेश तिवारीको फिल्म रामायणमा दुबेले लक्ष्मणको भूमिका निर्वाह गर्ने भएका छन् ।

अभिनेताले एउटा अन्तरवार्तामा फिल्ममा आफ्नो भूमिकाका बारेमा धेरै कुरा बताएका थिए । दुबेले रणवीर कपुर र साई पल्लवी स्टारर रामायणमा लक्ष्मणको भूमिका निर्वाह गर्ने भनेर पनि भने ।

यसअघि कास्टिङ डाइरेक्टर मुकेश छाबडाले लक्ष्मणको भूमिका निर्वाह गर्न सही कलाकार पाउनै गाह्रो भएको बताएका थिए । यो फिल्म सन् २०२६ र २०२७ मा दुई भागमा रिलिज हुनेछ । नितेश तिवारीको रामायण रिलिजअघि नै निकै चर्चामा छ । कनेक्ट सिनेसँगको कुराकानीमा दुबेले रणवीर कपूरसँग काम गर्दाको आफ्नो अनुभव शेयर गरेका छन् । साथै फिल्ममा आफ्नो भूमिकाबारे पनि उनले कुरा गरेका छन् ।

‘फिल्ममा म लक्ष्मणको भूमिका निभाइरहेको छु । अन्त्यमा, मैले निर्माताहरूबाट आफूले निर्वाह गर्न लागेको पात्रबारे केही कुरा शेयर गर्न अनुमति पाएको छु,’ उनले भनेका छन् । 

दुबेले थप भने, ‘फिल्मका निर्देशक र निर्माताको अनुमतिबिना कुनै पनि बयान दिन नचाहेकोले मैले यति समयसम्म यस विषयमा कुनै पनि बयान दिन चाहेको थिइनँ । नमित सर र नितेश सर चाहन्थे कि फिल्मका क्यारेक्टरहरूबारे कुनै पनि जानकारी साझा नगरियोस् ।’ फिल्ममा लक्ष्मणको भूमिका निर्वाह गर्नु सम्मान र जिम्मेवारी भएको पनि उनले बताए ।

पत्नी सरगुन मेहतालाई पनि यसबारे थाहा थिएन

सो अन्तरवार्तामा दुबेसँगै उनकी पत्नी सरगुन मेहता पनि थिइन् । ‘रविले मलाई बताएकै थिएनन् कि उनी नितेश सरको फिल्म रामायणमा काम गरिरहेका थिए, न त उनले फिल्ममा आफ्नो भूमिकाबारे नै केही भनेका थिए । एक दिन रवि सुटिङका ​​लागि घरबाट निस्किँदै थिए, अनि मैले कहाँ जाँदैछौं भनेर सोधेँ । त्यतिबेला पनि उनले केही भनेनन्, मात्रै काममा जाँदैछु भनेर बताए,’ अभिनेताकी श्रीमतीले भनिन् ।

पहिलो पटक रणवीर कपुरसँग देखिँदैछन् दुबे

रवि दुबे पहिलो पटक रणवीर कपुरसँग स्क्रिन शेयर गर्दैछन् । रणवीर कपूर जस्ता मेगास्टारसँग काम गर्नु आफ्नो लागि ठुलो कुरा भएको उनले बताएका छन् । आफूले उनीसँग स्क्रिन शेयर गर्न लागेको यो पहिलो पटक भएको पनि उनले बताए । 

‘मैले अहिलेसम्म जति पनि मान्छे भेटेको छु, सबैको मुखबाट रणवीर कपूरको तारिफ सुनेको छु । उनी मेरो ठुलो दाजु जस्तै हुन्, उनी निकै राम्रो व्यक्ति हुन्,’ दुबेले भनेका छन् । रामायणमा रणवीर कपुरले भगवान रामको भूमिका निभाउँदै छन् । साई पल्लवीले सीताको भूमिका निर्वाह गर्नेछिन् । दक्षिण भारतीय सुपरस्टार यश रावणको भूमिकामा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप