हारपछि रोहितको मजाक– भारतका बलर जसप्रित बुमराह ल्याउनुपर्छ

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौं भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए ।लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे ।
आफू टिमबिच राम्रो साझेदारी भएपनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले उल्लेख गरे । आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएकाले उनी बताउँछन् । उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएको बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने बताए । भएको बलरबाट राम्रो नहुँदा भारतका तीव्र गतिका बलर जसप्रित बुमराह ल्याउनुपर्ने भन्दै मजाक पनि गरे ।
लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नहुनु कठिन रहेको उनको भनाइ छ । तर यो नतिजापछि दबाब महसुस नगरेको पनि उनी बताउँछन् । उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याँक्दा सहज नभएको बताए । राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महसुस गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित