काठमाडौँसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते
काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि आगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उहाँसहित तीन जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएको छन् ।
प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित रु १२ लाखभन्दा बढीको क्षति भएको छ । यस्तै, सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि बिहीबार भएको आगलागीबाट चार जना घाइते भएका थिए । सबै आगलागीबाट अनुमानित रु २५ लाखको क्षति भएको विवरण प्राप्त भएको प्रवक्ता डा भट्टराईले जानकारी दिए । प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुरमा कुकुरले टोकेर एक जना र बाँकेमा आफैँले पालेको गोरुले हानेर अर्का एकजना पनि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ