आगलागी
काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराति भएको आगलागी नियन्त्रणमा
शनिबार, २२ मङ्सिर २०८१, ०१ : ०८
काठमाडौंको । काठमाडौंको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोंछे गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराति आगलागी भएको छ ।
ओमबहाल झोंछे गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौ तलामा रहेको किचेनबाट आगो सल्किएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । घटनास्थल पुगेका उत्यका प्रहरीका असई रुपक घिमिरेले वारुणयन्त्रको सहायताले आगो निभाइसकेको र थप क्षति हुनबाट जोगिएको बताए ।
मध्यराति लागेको आगो १ नबज्दै नियन्त्रणमा ल्याइएको उनको भनाइ छ । किचेनमा ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन भइनसकेको घिमिरेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च
-
अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी, दुईले लिए फिर्ता
-
‘वामदेव एकीकृत समाजवादीमा आउने पक्का भएपछि केपी ओली रोक्न लाग्नुभयो’
-
तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड : उत्कृष्ट अभिनेता मुकुन, अभिनेत्रीमा दिया
-
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी
-
तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने