आफूलाई शीर्ष चारभित्रै सुरक्षित गर्ने दाउमा इन्टर
शनिबार, २२ मङ्सिर २०८१, ०२ : ०७

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले महत्वपूर्ण तीन अंक बटुल्दै च्याम्पियन्स लिग यात्रा बलियो बनाएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा पर्मालाई ३-१ गोल अन्तरले हराएको इन्टरले १४ खेलबाट ३१ अंक बटुल्दै शीर्ष चारभित्रै आफुलाई सुरक्षित गर्नेमा बढी जोड दिएको छ ।
घरेलु मैदानमा इन्टरलाई जिताउन फेडरिको डीमार्को, निकोलस बारेला र मार्कस थुरमले एक-एक गोल गरे । ८१ औं मिनेटमा पर्माले शान्त्वना गोल फर्कायो । सिजनमा पर्माको यो छैठौ्रं हार हो । उसको १४ खेलबाट जम्मा १५ अंक भएको छ । तेस्रो स्थानमा रहेको इन्टरको भने ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने