सेल्टा भिगोले गर्यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो
शनिबार, २२ मङ्सिर २०८१, ०४ : १५

काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगोले हार सुधार गरेको छ । यो सिजन हालसम्म ७ खेल गुमाएको सेल्टा भिगोले घरेलु मैदानको फाइदा उठाउँदै मलोर्काविरुद्ध २-० को सहज जित निकालेको हो ।
पहिलो हाफमा गोल खाएपछि दबाबमा आएको मलोर्का दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपछि सेल्टाले अर्को गोल थप्यो । सेल्टालाई जिताउन ह्यूगो अल्वारेज र इयोगो एसपासले गोल गरे । ७८औं मिनेटमा पाहुना टोली मलोर्काका एन्थोनी रेलोले रातो कार्ड पाएपछि सेल्टालाई अर्को गोल थप्न सहज भएको हो ।
यो जितसँगै सेल्टाले हार सुधार गर्दै अंक तालिकाको १०औं स्थानमा उक्लिएको छ भने मलोर्का हारेर पनि छैठौं स्थानमा छ ।