एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा
शनिबार, २२ मङ्सिर २०८१, ०४ : ३३

काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानलाई हराउँदै एटलान्टा शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा एटलान्टाले पाहुना टोली एसी मिलानलाई २–१ गोल अन्तरले हरायो ।
एटलान्टालाई जिताउन एडेमोला लुकम्यान र चाल्र्स क्याटेलियरले गोल गरे । पाहुना टोलीको तर्फबाट अग्रपंक्तिका अल्भारो मोराटाले एक गोल फर्काए । यो जितसँगै एटलान्टा केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ ।
उसको १५ खेलबाट ३४ अंक भएको छ भने एक खेल कम खेलेको नापोलीको ३२ अंक छ । एटलान्टाले ३ लेख गुमाइसक्दा नापोलीले दुई खेल मात्रै हारेको अवस्था छ । जसकारण नापोलीको शीर्ष स्थानमा उक्लिने सम्भावना प्रवल नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?