प्रदूषण
काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा
शनिबार, २२ मङ्सिर २०८१, १० : २३

काठमाडौँ । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।
१० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।
विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ । चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ । त्यसपछि क्रमशः पाकिस्तानको कराँची, इरानको तेहरान, भियतनामको हानोई र पाकिस्तानको लाहोर सहर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा