नेपाल र भारतसहित मिलेर गरेको डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउने प्रस्ताव पारित

न्युयोर्क । डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न अनुरोध गरिएको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्तावलाई नेपाल र भारतसहितका राष्ट्रहरूद्वारा सहप्रायोजित गरिएको थियो ।
योसँगै अब डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्ताव शुक्रबार सर्वसम्मतिले पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नेमा भारत, श्रीलंका, नेपाल, मेक्सिको, लिकटेन्स्टाइन र एन्डोरा कोर समूहका प्रमुख सदस्य थिए।
संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, ‘भारतले कोर समूहका अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र महासभामा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषित गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने प्रक्रियालाई मार्गदर्शन गरेकोमा खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता