प्रथम कोशी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा पनि अनुपस्थित
शनिबार, २२ मङ्सिर २०८१, १० : ४४

काठमाडौँ । नेपाली कांग्रेसको प्रथम कोशी प्रदेश भेलामा महामन्त्री विश्वप्रकाश शर्मा पनि अनुपस्थित भएका छन्। कोशी प्रदेश सम्मेलनको विषयमा कांग्रेसभित्र मतभेद र विवाद बढ्दो छ। यसैबिच महामन्त्री शर्मा पनि कार्यक्रममा अनुपस्थित हुने भएका हुन्।
आज हुन लागेको कोशी प्रदेश सम्मेलन विराटनगरमा हुँदै छ। उक्त सम्मेलनमा पार्टी नेता शेखर कोइराला बहिष्कार गरेर चितवन हिँडिसकेका छन्। त्यसैले महामन्त्री शर्मा पनि किन उक्त कार्यक्रममा अनुपस्थित हुने भए भन्ने प्रश्न उठेको छ।
शर्माको सचिवालयले दिएको जानकारी अनुसार उनी खुम्बु ट्रेकिङका लागि हिजो नै सोलुखुम्बु पुगेका हुन्। सचिवालयका अनुसार ६ महिना अगाडि नै खुम्बु ट्रेकिङको प्लान बनेको थियो तर स्थानीय तह उपनिर्वाचन संयोजन गर्नुपर्ने भएकाले उनले त्यो कार्यक्रम सारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’