कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिने काम सरकारको प्राथमिकतामा परेको बताएका छन् । १७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरूलाई समयमा नै पूरा गराउने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केहि उपलब्ध गराइएको भन्दै बाँकी रकम समेत आउँदो साता निकासा हुने उनको भनाई थियो ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबै तिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे । नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए। यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए। महासंघले निर्माण दिवशको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
-
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी