अमेरिका : टिकटकको अपिल खारेज, अब लाग्नसक्छ प्रतिबन्ध

वासिङ्टन । अपिल खारेज भएपछि भिडियो एप टिकटक आगामी दिनहरूमा अमेरिकामा प्रतिबन्धित हुन सक्ने खतरा बढेको छ। टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै संघीय अदालतमा आफ्नो तर्क सुनिने कम्पनीले आशा गरेको थियो ।
अदालतले कानुनलाई असंवैधानिक घोषणा गर्ने उसको अपेक्षा थियो, तर त्यसो भएन । अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ र २०२५ को रूपमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानुनलाई समर्थन गरेको छ।
टिकटकले यो कानूनी लडाई अझै नसकिएको बताउँदै यसको विरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ। टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्धित वा बेचोस् भन्ने चाहन्छ। टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोपलाई अस्वीकार गर्दै आएको छ। भारतमा पनि टिकटक प्रतिबन्धित छ। -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद