गगनलाई देउवाको व्यङ्ग्य, `बढी बाेल्नेले आफूलाई सिध्याउँछ´
_m7NIVIvYto.jpg)
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, `बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।´
देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, `माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।´
देउवाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायित्वका लागि सहकार्य गरेको बताए । `ओलीजीसित हामीले सरकार बनाएका छौँ । स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो । दुई वटा पार्टी मिल्दा स्थायित्व हुन्छ,´ उनले भने, `ओलीले काम पनि राम्रो गर्नुभएको छ । ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनु भएको छ । उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नु भयो यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु ।´
देउवाले कुनै देशबाट नेपालले ऋण नलिएको पनि बताए । `हामीले वर्ल्ड बैंक, आईएमएफ, एडिबीबाट मात्रै ऋण लिएका छौँ । कुनै देशबाट ऋण लिएका छैनौँ,´ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्