भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन् : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको बताएका छन् । नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताएका हुन् ।
उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न नसेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिए ।
उनले भने, ‘नेपालमा जसले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरूको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ । हाम्रो धेरै खेलाडीहरू अहिले विदेश पलायन भइसकेको छ । हाले काभामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्ट्रेलिया पुगिसकेको छ । नेपालको क्याप्टेन भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्ट्रेलिया पुगिसकेको छ । अहिले एनपीएल चलिरहेको छ, नेपालमा खेलकुदको उत्सवजस्तै भइरहेको छ । जुन मान्छेहरूको उत्साह, उमङ्ग देखिरहेको छ । हाम्रा खेलाडीहरूलाई आँखा अस्पतालले उपचारको खर्च व्यवस्थापन गर्न सके सजिलो हुन्थ्यो ।’
मन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित