बुझ्दै नबुझी बीआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको बताइन् । उनले ऋण लिने/दिने व्यवहार लिने पक्षको मन्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन् ।
नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारे मात्रै नेपालको चासो भएको बताइन् । बीआरआई सम्झौता आफैँ विकास सहायता भएको उनको भनाई थियो । नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल
-
जब स्पिन बलरले मात्र ६१ ओभर बलिङ गरेर कीर्तिमान बनाए !
-
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह
-
गुजरात जायन्ट्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो मुम्बई इन्डियन्स
-
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
-
समृद्धिको लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह