‘अहिले ठेक्का तोड्न पनि नसकिने र काम पनि गर्न नसकिने अवस्था छ’

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सह सचिव विष्णुप्रसाद शर्माले सार्वजनिक खरिद नियमावली १४ औँ पटक संशोधन गर्नुपर्ने अवस्था आएको बताए । उक्त नियमावली १३ औँ पटक संशोधन गर्दा पनि खरिद सम्बन्धी समस्या समाधान हुन नसकेको उनले स्वीकार गरे ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
उनले नियमावली संशोधनका लागि छलफल गरेर प्रधानमन्त्री कार्यालय पठाएको बताए । त्यो पास भएर आएपछि खरिद सम्बन्धी धेरै समस्या समाधान हुने उनको भनाइ छ ।
यस्तै, उनले पुँजीगत खर्च गर्ने निकाय पनि कमजोर भएको बताए । उनीहरूको पुँजीगत खर्च गर्ने क्षमता पनि निकै कमजोर भएको उनको भनाइ छ । परियोजना नबनाएका कारण पनि विकास खर्च न्यून हुने गरेको उनको दाबी छ ।
पुँजीगत खर्च गर्ने निकायको क्षमता बढाउन आवश्यक भएको बताउँदै उनले भुक्तानीलाई सिस्टमेटिक बनाउनुपर्ने बताए । चार पटक नियमावली संशोधन गरेर ठेक्काको म्याद थप गर्दा पनि समस्या समाधान नभएको उनले स्वीकार गरे । यसरी आयोजना सञ्चालन गर्न नसकिने बताउँदै उनले अवधि लम्बिँदा लागत पनि बढ्ने बताए । यसले दुवै पक्षलाई असर पुगेको पनि उनको भनाइ छ ।
अब निर्माणको कार्यशैलीमा सुधार गर्नुपर्ने उनले बताए । धेरै आयोजना फेल हुनुमा व्यवसायीहरूको पनि ठुलो जिम्मा रहेको उनको भनाइ छ । अहिले ठेक्का तोड्न पनि नसकिने र काम पनि गर्न नसकिने अवस्था आएको उनले बताए ।
यस्तै, बजेट बनाउँदा नै आयोजनाहरूलाई प्राथमिकतामा राखेर आवश्यक रकम दिनुपर्ने उनको भनाइ छ । सधैँ कानुनलाई दोष देखाएर मात्रै उम्किने नहुने उनको भनाइ छ ।
यस्तै, कालोसूचीमा राख्नु पनि समस्याको समाधान नहुने उनले बताए । यसरी कालोसूचीमा राख्ने हो भने केही वर्ष पछि निर्माण व्यवसायी नै पाउन नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै