जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
शनिबार, २२ मङ्सिर २०८१, १७ : ५८

कैलाली । कैलालीको चुरे गाउँपालिका-५ बाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।