सुदूरपश्चिम महोत्सव सुरू, मन्त्री भण्डारीद्वारा उद्घाटन

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।
महोत्सवको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रचुर सम्भावनाहरूलाई पहिल्याएर आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्नेमा जोड दिए । “हाम्रा आशा, अपेक्षाहरू र सम्भावनाहरू थुप्रै छन्”, उनले भने, “यी सम्भावना, आशाहरूलाई सम्भावनामा बदल्ने र आजको व्याप्त निराशा, अन्यौलतालाई चिरेर आशामा बदल्नुपर्ने एउटा राष्ट्रिय दायित्व छ ।”
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
महोत्सव आयोजना गर्न रू तीन करोड लागत लाग्ने र रू १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् । समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत विसं २०६३ साल यो महोत्सव पर्वका रूपमा आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
-
३२ करोड खर्चिएपछि ठेक्का रद्द गरिएको भक्तपुर–नगरकोट सडक अब कसरी बन्छ ?
-
भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो
-
सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार
-
व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव
-
सामान्य प्रशासन मन्त्रालयले ७१ उपसचिव सरुवा गर्दा ६ जनालाई राख्यो जगेडामा