‘सिंहदरबार र बालुवाटारमा नेपाली सोफाको प्रयोग हुनुपर्छ’
काठमाडौँ । राजनीतिक दलका नेताहरूसहित सरोकारवालाहरूले नेपाली उत्पादनको प्रयोगलाई बढवा दिन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभामा बोल्दै सहभागीहरूले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोफासहितका नेपाली उत्पादनलाई सरकारी कार्यालयमा प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी सोफा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘बालुवाटारमा विदेशी सोफा रहेछ । कम्फर्टटेबल पनि छैन त्यो । त्यो सोफा विस्थापित गरेर स्वदेशी राख्नुपर्ने आवश्यकता छ ।’
उनले केही अघिसम्म विदेशी सोफाको दबदबा रहेको अवस्थामा अहिले नेपाली स्तरीय सोफाहरु नेपालमै उत्पादन हुन थालेको जानकारी आफूले पाएको उल्लेख गर्दै सोहीअनुसार सिंहदरबारदेखि बालुवाटार र सिंहदरबारसम्मका सरकारी कार्यालयमा मात्रै प्रयोग भए व्यवसायीमा पनि प्रोत्साहन मिल्ने धारणा राखे ।
उनले फर्निचरको कुरा गर्दैगर्दा स्वदेशी काठका पनि सही प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै पुराना ऐन कानुनका कारण समस्याहरू उत्पन्न भएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने धारणा राखे । उनले राज्यले आर्थिक विकास र समृद्धिका लागि आवश्यकताका आधारमा लगानी गरेर उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले सरकारी कार्यालयहरूमा स्वदेशी उत्पादन प्रयोग हुनुपर्छ भन्नेमा आफू पनि रहेको भन्दै त्यसतर्फ लाग्नुपर्नेमा धारणा राखे ।
आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उनले डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने पनि बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्सका उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका उपाध्यक्ष राममणि गैरे, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न राज्यले साथ दिनुपर्ने धारणा राखे ।
उक्त साधारणसभाबाट तारालाल धरेलको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दीपेन्द्र धरेल, कोषाध्यक्षमा महेशराज थापा चयन हुँदा सदस्यहरूमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्त, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै सर्वसम्मत भएका छन् । सर्वसम्मत नेतृत्वलाई रास्वपाका उपसभापति डीपी अर्यालले खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्ष धरेलले काठमाडौँमा मात्रै १०० को हाराहारीमा सोफा उत्पादकहरू रहेको र देशभरमा करिब २०० को हाराहारीमा रहेको जानकारी दिए । उनले यसबाट करिब १० हजारले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाएको दबी गर्दै आफूहरूको समस्यामा सहजीकरणका लागि राज्यका निकायलाई अनुरोध गरे । सो अवसरमा तारालाल देवकोटा, विष्णुहरि लामिछानेलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
-
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा