करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद

काठमाडौँ । कैलाली जिल्लाको विभिन्न स्थानबाट करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको १० लाख ९१ हजार ८ सय मूल्य बराबरको अवैध मालसामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी गरेको हो ।
जस मध्ये जिल्ला कैलाली धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाडीबाट अन्दाजी १० लाख ५३ हजार ८ सय बराबरको विभिन्न मोबाइलका कभरहरु, किरानाका सान र मोजाहरू बरामद भएको थियो ।
त्यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट अन्दाजी ३८ हजार मूल्य बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरू फेलापारि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बुलबुल’ ओटीटीमा रिलिज हुने
-
‘दुखी आत्मा’ लाई मल्टिप्लेक्समा सुखद शोज
-
समस्याको पोको अघि सारेर आन्दोलन गर्दै एकीकृत समाजवादी
-
टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्दैछ ट्रम्प प्रशासन
-
पोखरेली माझ गुञ्जदै स्वप्न सुमन
-
एकथरी तत्त्वहरूले व्यवस्थालाई पछाडि फर्काएर निरंकुशतातर्फ लैजाने कोसिस गरिराखेका छन् : प्रचण्ड