रास्वपा नेताहरूको अदालतको अवहेलना मुद्दा पेसीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा सर्वोच्चले पेसी तोकेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मङ्सिर १९ गते सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश गरेको थियो । सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी गरेको भाषणको कपि उतार गरेर पेस गर्न इजलासले निवेदकको नाममा आदेश गरेको थियो । उक्त आदेशपछि आइतबार पेसी तोकिएको हो ।
यो आदेशसँगै अब अवहेलना मुद्दा अघि बढेको थियो । उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश भएको थियो ।
न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
आजै रास्वपाका सभापति रवि लामिछानेमाथि म्याद थप हुदै छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको छ।
सर्वोच्च प्रशासनले दरपिठ गरेपछि निवेदक भट्टराईले त्यसविरुद्ध कात्तिक २१ गतेको इजलासमा निवेदन पेस गरेका थिए । सो निवेदनमाथि इजलासले दरपिठ बदर गरी अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा भाँजो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, २२ तस्बिरमा हेर्नुहोस्