मधेस प्रदेश र चीनको युनान प्रान्तबिच भगिनी सम्बन्ध बनाउन सीके राउतको प्रयास

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेस प्रदेश र चीनको युनान प्रान्तबिच भगिनी सम्बन्ध स्थापना गर्नका लागि चिनियाँ अधिकारीसँग छलफल गरेका छन् ।
चीन भ्रमणका क्रममा आफूले युनान प्रदेशका अधिकारीहरूसँग छलफल गरेको अध्यक्ष राउतले जानकारी दिए । युनान प्रान्तका महानिर्देशकसँग छलफल गरी यसको प्रक्रिया अगाडि बढाउन सहमति गरेको जनमत पार्टी स्रोतले जनाएको छ ।
मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार छ । आफ्नै पार्टीले प्रदेश सरकारको नेतृत्व गरेका कारण राउतले चीन भ्रमणका क्रममा युनान प्रान्तसँग मधेस प्रदेशको भगिनी सम्बन्ध स्थापनाका लागि पहल गरेका हुन् ।
भगिनी सम्बन्ध स्थापना गर्नका लागि दुई पक्षका बिच कुराकानी भइसकेको छ । अब दुवै प्रदेशले औपचारिक प्रक्रिया सुरु गरेर त्यसलाई टुङ्गो लगाइने बताइएको छ । भगिनी सम्बन्ध स्थापना भएपछि एक अर्का प्रदेशलाई आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलगायतमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
मधेस प्रदेश तथा त्यसका विभिन्न पालिकासँग भगिनी सम्बन्ध बनाउने प्रयास यसअघि पनि नएको होइन तर विभिन्न अवरोधका कारण सम्भव भइरहेको थिएन । जनमत पार्टी नेपालका अध्यक्ष सीके राउत त्यसका लागि आफैँ अघि बढेका छन् ।
२०७६ मा महोत्तरीको गौशाला नगरपालिकाले चीनको सान्सी प्रान्तको सिन्चउ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने र ६० करोड अमेरिकी डलर लगानी भित्र्याउने योजना अघि सारेको थियो । तर तत्कालीन मधेस प्रदेश सरकारले सहयोग गरेन । संघीय सरकारले पनि पर्याप्त सहयोग नगर्दा उक्त योजना सफल हुन सकेको थिएन ।
त्यस यता यस्तो प्रयास भएको थिएन । जनमत पार्टीका अध्यक्ष राउतले मधेस प्रदेशसँग भगिनी सम्बन्ध बनाउन युनान प्रान्तसँग कुराकानी अगाडि बढाएका हुन् ।
नेपालका विभिन्न प्रदेश तथा पालिकाले चीनका प्रान्त तथा नगरसँग भागिनी सम्बन्ध स्थापना गरेका छन् । बागमती प्रदेशले गान्सु प्रान्त, लुम्बिनी प्रदेशले सिचुवान प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।
काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा, सियान, लान्जाओ, छेन्दु सहरसँग भगिनी सम्बन्ध गाँसेको छ भने पोखरा महानगरपालिकाले चीनको कुनमिङ्ग, गोन्जाओ, यिविन, लिन्जी, छुसाओ, हाइकाओ नानिङ्ग सहरसँग सम्बन्ध स्थापित गरेको छ ।
त्यस्तै, बुटवल उपमहानगरपालिकाले सिमान, ललितपुर महानगरपालिकाले गोन्जाओ, भक्तपुरले छेन्दु र बनेपा नगरपालिकाले सिगात्से सहरलगायत नेपालका विभिन्न २७ स्थानीय तहले विभिन्न देशका नगरसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै