मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो

आइतबार, २३ मङ्सिर २०८१, १४ : ४१
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । महिनावारी विभेदका कारणले हुने हिंसा अन्त्य गर्नका लागि आइतबार छैटौँ मर्यादित महिनावारी दिवस मनाइएको छ । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । 

‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार : महिनावारीको आधार’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो । 

मर्यादित महिनावारी मानव अधिकारको आधार र दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई मर्यादित महिनावारीका अभियानता डा. राधा पौडेलले व्याख्या गरिन् । महिला विकासको क्षेत्रमा अन्य क्षेत्रमा सुधार भए पनि हिंसाको कारणका विषयमा खोतलेर छलफल अझै हुन नसकेको उनले टिप्पणी गरिन् । उनले महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन रहेको सुनाइन् । 

नेपालको संविधानमा उल्लेख भएका विभिन्न हक, अधिकारहरू महिनावारीसँग जोडिएको भएपनि संविधानमा महिनावारीको बारेमा स्पष्ट रूपमा उल्लेख नगरिएको अभियन्ताहरुले बताएका छन् । 

महिनावारीको नीतिगत बहसका बारेमा संसद् तुलसा कुमारी दाहालले महिनावारीको बारेमा नीति तथा ऐन नियमले मर्यादित महिनावारी नै भनेर सम्बोधन नगरे पनि महिलाको सवाललाई सम्बोधन गरिएको बताइन् । संविधानमा उल्लेख भए अनुसार विभिन्न ऐन कानुन नबनेको र के–कति बन्न बाँकी रहेको सो अध्ययन भइसेको उनले बताइन् । सो ऐन, नियम बन्ने क्रममा महिनावारी विषय पनि समावेश गर्ने उनले प्रतिबद्ध जनाइन् ।

पूर्वमन्त्री पार्वत गुरुङले आफूले सुदूरपश्चिममा महिनावारी विभेदको अन्त्य गर्नका लागि छाउगोठ भत्काउने कार्य गरेको बताए । कोरोना महामारीपछि सो कार्य निरन्तरता दिन नसकिएको उनले सुनाए । उनले महिनावारीलाई प्राकृतिक भएकाले त्यसरी नै लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप