धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । सरकारी कागज किर्ते सम्बन्धी कसुरमा धादिङका धुनिबेसी नगरपालिका वडाध्यक्षसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिफारिसका लागि सरकारी कागजात किर्ते गरेको आरोपमा अनुसन्धानका लागि धादिङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गणेश परियारको जाहेरीको आधारमा अदालतबाट २०८१ साला मङ्सिर १२ गते पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएकोमा धुनिबेसी–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी, सोही वडाका सचिव मिलनकुमार सुवेदी, कार्यालय सहयोगी निर्मल गौतम रहेका छन् ।
यस्तै काठमाडौँको तार्केश्वर नगरपालिका–४ पुरानो गजुश्वरी बस्ने जमुना परियार,धादिङको साविक जीवनपुर गाविस–४ हाल धुनिबेशी–४ बस्ने राजु तामाङ, धादिङकै थाक्रे गाउँपालिका– ८ मा बस्ने रविन्द्र तामाङ, धुनिबेशी–४ का मदन दमाई रहेका छन् ।
पक्राउ पुर्जीपछि उनीहरू अहिले फरार रहेको अनुसन्धान अधिकारी प्रह्लाद सिल्वालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या