मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, २३ मङ्सिर २०८१, १४ : ५०
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । सरकारी कागज किर्ते सम्बन्धी कसुरमा धादिङका धुनिबेसी नगरपालिका वडाध्यक्षसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिफारिसका लागि सरकारी कागजात किर्ते गरेको आरोपमा अनुसन्धानका लागि धादिङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

गणेश परियारको जाहेरीको आधारमा अदालतबाट २०८१ साला मङ्सिर १२ गते पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएकोमा धुनिबेसी–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी, सोही वडाका सचिव  मिलनकुमार सुवेदी, कार्यालय सहयोगी निर्मल गौतम रहेका छन् ।  

यस्तै काठमाडौँको तार्केश्वर नगरपालिका–४ पुरानो गजुश्वरी बस्ने जमुना परियार,धादिङको साविक जीवनपुर गाविस–४ हाल धुनिबेशी–४ बस्ने राजु तामाङ, धादिङकै थाक्रे गाउँपालिका– ८ मा बस्ने रविन्द्र तामाङ, धुनिबेशी–४ का मदन दमाई रहेका छन् । 

पक्राउ पुर्जीपछि उनीहरू अहिले फरार रहेको अनुसन्धान अधिकारी प्रह्लाद सिल्वालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप