एकैदिन ४६ अंकले घट्दा सेयर बजार २७ सय मुनि

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) एकैदिन ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) बजार ४५.९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४.९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर कारोबार भयो ।
बजारमा आज २१४ कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । आज बजारमा सबै प्रकारका परिसूचक र उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट जीवनबीमा समूहको ३.०८ प्रतिशतले हुँदा सबैभन्दा थोरै उत्पादन तथा प्रशोधनमूलक उद्योगको ०.३२ प्रतिशतले मूल्य घटेको छ ।
आज बजारमा मानुषी लघुवित्त, एलआईसी नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेकर लाग्दा सामुदायिक लघुवित्तको सेयर मूल्य समेत ९.९७ विन्दुले घटेको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ ।
आज बजारमा कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याका आधारमा फरक फरक कम्पनी सबैभन्दा अगाडि देखिएका छन् । कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर ३२ करोड ६४ लाखसहित अगाडि हुँदा कारोबार भएको सेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोष २० लाख इकाइ तथा कारोबार संख्याका आधारमा नेपाल फाइनान्स १८१० पटक कारोबार भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिको मतगणना सुरु हुँदै
-
गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती
-
डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन, तस्बिरमा हेर्नुहोस्
-
ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’
-
ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला