रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह
आइतबार, २३ मङ्सिर २०८१, १५ : १९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरूले अनुसन्धान गर्नुहुँदैन नभनेको भन्दै विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी हुन् ।
सांसद भण्डारीले लामिछानेलाई राति सुतेको बेला मध्यरातमा चितवनबाट पोखरा लगिएको भन्दै त्यसको विरोध पनि गरिन् । ‘ब्लडप्रेरेशर भएका बेलमा चितवनबाट पोखरा किन लगियो थाहा पाउनुपर्छ,’ उनले भनिन्,‘यो संविधान र मानवअधिकारको उलंंघन हो ।’
सांसद भण्डारीले कसैको ज्यान जोखिममा पार्ने अधिकार कसैसँग नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन
-
गीतसंगीतमा कपीराइट उल्लंघन भयावह
-
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
‘हाम्रो देशमा कपीराइट भनेकै बुझेनन्’
-
फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’