स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए ।
उनले भने, ‘बीमाको कभरेज पनि अस्वस्थकर फेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ । मान्छेको व्यवहार, आनीबानी, प्रतिस्पर्धा ती सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अंगभित्रका रोगहरू भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरूसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ ।’
मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरू पनि बढेको अवस्था रहेको बताए । उनले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
-
१० बजे १० समाचार : काठमाडौँका गुण्डामाथि प्रहरीको निगरानीदेखि चौथो मुद्दामा पनि रवि लामिछाने रिहासम्म
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल