पत्रकारलाई कारबाहीको माग गर्दै धरानका मेयरले गृहमन्त्रीलाई लेखे पत्र
आइतबार, २३ मङ्सिर २०८१, १५ : ४१

काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफूविरुद्ध समाचार लेख्ने दुई जना सुनसरीका पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।
नगर प्रमुख राईले गृहमन्त्रीलाई लेखेको पत्र आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न माग गरेका हुन् ।
उनले पत्रकारद्वयले आफूलाई नक्कली माओवादी भनेर समाचार लखेको र सामाजिक सञ्जालमा सेयर गरेर जननिर्वाचित नगरप्रमुख जस्तो पदलाई अपमान र अनादार गरेर भ्रम फैलाएको भन्दै यस्तो विकृति रोक्न पत्रमार्फत माग गरेका छन् ।
पत्रको बोधार्थ कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानलाई समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने