वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गर्यो ११७ सदस्यीय नयाँ केन्द्रीय समिति

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा संयोजक मोहन वैद्य किरणले नयाँ केन्द्रीय समिति घोषणा गरेका हुन् ।
हलले दुई अङ्क अर्थात् ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय विपरीत उनले केन्द्रीय समिति विस्तार गरेका हुन् । तीन अङ्कको केन्द्रीय समिति बनेपछि हलमा विरोध भएको एक सदस्यले जानकारी दिए । तर विरोधको बचाउ गर्दै सबै पक्षलाई समेट्दा दुई अङ्कमा समेट्न नसकिएको वैद्यले जवाफ दिएको ती सदस्यले बताए ।
केन्द्रीय समिति गठन भएसँगै महासचिवमा वैद्यलाई चयन गर्न लागिएको उनले जानकारी दिए । यस्तै वैद्यले ९५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८० जनाको नाम घोषणा गरेका छन् ।
यस्तो छ केन्द्रीय समितिमा रहने सदस्यहरूको सातबुँदे मापदण्ड
बन्दसत्रले केन्द्रीय समितिमा रहेका सदस्यहरूका लागि सात बुँदे मापदण्ड बनाइएको अर्का एक सदस्यले जानकारी दिए । ती सदस्यले दिएको जानकारी अनुसार मापदण्डमा वरिष्ठता, निरन्तरता, वैचारिक राजनीतिक प्रष्टता, क्रियाशीलता, पूर्णकालीन, पार्टीमा प्रवेश गरेको १० वर्ष पुगेको, पार्टीले खटाएको ठाउँमा जानसक्ने गरी ६ महिनाको अवधि राखेर लेखाजोखा गरिने भनिएको छ ।
यसैगरी हलको म्यान्डेट विपरीत केन्द्रीय परिषद्लाई राखिएको छ । २० वटा समूहमा समूहगत छलफल हुँदा केन्द्रीय परिषद् आवश्यक नभएको सुझाव दिएका थिए । परिषदमा पनि पूर्ण, वैकल्पिक, आयोजक समितिका सदस्य रहने, जिल्लाका सचिव निवर्तमान महत्त्वपूर्ण केही व्यक्ति रहने ती सदस्यले बताए । परिषदमा समग्रबाट १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था पनि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कमेडी दरबार’मा अब गजुरेल महाराजा
-
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार
-
उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो, नेपाल र किर्गिस्तानबिच आजै दोस्रो खेल
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की