विद्रोहीले दमास्कस कब्जापछि भागेका सिरियाका राष्ट्रपति चढेको विमान दुर्घटनाको आशंका

दमास्कस । सिरियाका राष्ट्रपति बशर अल–असदको एउटा विमान दुर्घटनामा मृत्यु भएको आशङ्का गरिएको छ । विद्रोहीहरू छिरेर राजधानी दमास्कसलाई आफ्नो नियन्त्रणमा लिएपछि असद भागेको बताइएको छ । यसैबिच उनी चढेर गएको विमान रडारको सम्पर्कबाट हराउनुअघि असामान्य बाटोमा गएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
दमास्कसबाट उडान भर्ने अन्तिम विमान इल्युशिन–७६ थियो । फलाइट रडार वेबसाइटको डेटा अनुसार विद्रोहीहरूले दमास्कसलाई कब्जामा लिएकै समयमा दमास्कस विमानस्थलबाट एउटा उडेको विमान छ । यो विमान सुरुमा सिरियाको तटीय क्षेत्रतिर गएको थियो तर अचानक फर्कियो र राडारबाट हराउनुअघि कयौँ मिनेट विपरीत दिशातिर हानियो । विमानमा को थियो भनेर पत्ता लगाउन नसकेको रोयटर्सले भनेको छ । तर सिरियामा दुई स्रोतले भने विमान दुर्घटनामा असदको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
आइतबार बिहान ८ बजे असदले सिरिया छाडेको भनिएको छ । यो घटना र असदको बहिर्गमन दुवैको सूचना एक अर्कासँग जोडिएको देखिएको छ । असदको विमान अन्तिम पटक देखिएको ठाउँ नजिक विस्फोटको आवाज सुनिएको पनि भनिएको छ । सामाजिक सञ्जालमा असद चढेको विमानलाई खसालिएको हुनसक्ने अफवाह फैलिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
-
नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी
-
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?