फागुन २४ गतेदेखि ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने
काठमाडौँ । ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक रेड चेरी मिडियाले आइतबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै महोत्सवबारे जानकारी दिएको हो ।
नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यका सात गत वर्षदेखि आयोजना थालिएको महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’लाई नाराको रूपमा उठाएको छ । कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने र चलचित्र पर्यटनको विकास गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना थालिएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए ।
‘महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्वाकांक्षी योजना बनाएको छ’, चन्दले भने, ‘यो पटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत गर्दैछ ।’
महोत्सवमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि समेत हुनेछन् ।
कार्यक्रममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त महोत्सवको सद्भावना दूतका रूपमा चुनिए । खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्याएको प्रभावको चर्चा गरे ।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग धारणा राखिन् । पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सव राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो भएको धारणा राखिन् ।
दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ भने चैत्र १६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ । चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवद्धर्नको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने बताए ।
‘महोत्सवका लागि म पनि सक्दो सहयोग र सहभागी हुनेछु’, डिसीले भने ,‘महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन पनि विकास गर्छ ।’ डिसीले चलचित्र पर्यटनका लागि आफूले केही विदेशी कलाकार र फिल्म मेकर ल्याएर नेपालका आकर्षक ठाउँहरूको भ्रमण गराउने प्रयास भइरहेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन् । उनले राज्यले हेर्न दृष्टिकोण राम्रो बनाउँछ भने निजी क्षेत्रले कणालीमा लगानी गर्न तयार रहेको बताए ।
वरिष्ठ अभिनेता अभिनेता शिव श्रेष्ठले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए ।
महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
राज्यले अनुसन्धानमा नियत राख्न मिल्छ कि मिल्दैन ?
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?